झापा । कुखुराको खोरभित्र लुकाइछिपाई राखेको एक थान कटुवा पेस्तोलसहित झापामा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडाका अन्दाजी ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरमा अवैध रुपमा हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले मंगलबार आङ्देम्बेको घर खानतलासी गरेका थिए ।
त्यस क्रममा घरदेखि अन्दाजी ५ मिटर दक्षिणमा रहेको कुखुराको खोरको छानोभित्र लुकाइछिपाइ राखेको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको थियो ।
पेस्तोलसहित उनलाई नियन्त्रणमा लिइ इलाका इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।