लागूऔषधसहित चार जना पक्राउ

न्युजलय १४ कार्तिक २०८२, बिहिबार १२:०७ मा प्रकाशित

इटहरी । झापा र उदयपुरबाट लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–५ स्थितमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक ३ का २७ वर्षीय निमा दोर्जी तामाङ र ३८ वर्षीय सुकबहादुर राईलाई ४ ग्राम ११० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।

त्यसगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका–४ का २९ वर्षीय मौसम राई र बेलका नगरपालिका–१ का ३० वर्षीय विजय परियारलाई ट्रामाडोल २३० ट्याब्लेट र डाइक्लोमाईन २५० ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।