विराटनगर । विराटनगरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
घरमा जोडेको मोटरबाट करेन्ट लागेर विराटनगर महानगरपालिका–१४ जतुवाकी ४२ वर्षीया सरीतादेवी यादवको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।