महिला साफ च्याम्पियनसिप आजदेखि, आजको खेलमा नेपाल र भुटान भिड्ने

न्युजलय २१ भदौ २०७९, मङ्गलबार ०४:३१ मा प्रकाशित

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप मंगलबार (आज( देखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएको छ ।

साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ ।

नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यस खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

आजको उद्घाटन खेल नेपाल र भुटानबीच साँझ ५ः३० बजे हुनेछ ।