बढ्यो सुनको मूल्य

न्युजलय ८ पुस २०७८, बिहिबार ११:२७ मा प्रकाशित

काठमाडौं । बिहिबार(आज) सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

मूल्य बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढ्दो छ । प्रतितोला १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ पुगेको छ ।