टर्कीको हतियार कारखानामा विस्फोट, १३ जनाको मृत्यु

न्युजलय १० पुस २०८१, बुधबार ११:३६ मा प्रकाशित

काठमाडौँ । टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

सन् २०१४ मा सञ्चालनमा आएको उक्त कारखानाले हलुका हतियारका लागि गोलाबारी उत्पादन गरिरहेको बताइएको छ ।

अधिकारीहरूले विस्फोटको कारणको बारेमा पूर्ण अनुसन्धान सुरु गरेका छन् ।