३० करोड खर्च भइसकेपछि रोकियो ‘द इमोर्टल अश्वथामा’

न्युजलय १६ बैशाख २०८०, शनिवार ११:२३ मा प्रकाशित

एजेन्सी । फिल्म ‘द इमोर्टल अश्वथामा’ को निर्माण रोकिएको छ । आदित्य धरको निर्देशन रहने फिल्म विभिन्न विवादमा परेपछि अन्तिममा आएर रोकिएको हो । 

तीन वर्षअघि निर्माण घोषणा गरिएको यो फिल्मको निर्माण रोनी स्क्रूवालाले गर्दै थिए । ‘उरी–द सर्जिकल स्ट्राइक’को बम्पर सफलतापछि निर्देशक आदित्य नयाँ ड्रिम प्रोजेक्ट ‘द इमोर्टल अश्वथामा’को तयारीमा थिए । फिल्ममा उनले विक्कीलाई नै प्रमुख भूमिकामा अनुबन्धित गरिसकेका थिए । तर फिल्म कोरोना महामारीका कारण होल्डमा राखिएको थियो ।

फिल्मको प्री प्रोडक्सन ३ वर्षदेखि साथी थियो । जसका लागि निर्माता निर्देशक आदित्य र टीमले ३० करोड रुपैंयाँ खर्च गरिसकेका थिए । तर, निर्माण पक्षले फिल्मलाई अन्तिम समयमा आएर रोकिदियो । निर्माण पक्षले ३ सय करोड लगानी गर्नुभन्दा ३० करोड घाटा सहनु नै उत्तम मानेर यो निर्णय लिएका हुन् ।