इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर दुई रूपैयाँले घटेको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्यप्रतिलिटर ०ं.९८ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रूपैयाँले घटेर आएपछि निगमले मूल्य घटाएको हो।
पेट्रोल र डिजेलको मूल्य घटे पनि एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।