सीटीइभीटीले प्रमाणपत्र तहको प्रवेश परीक्षा पुनः सञ्चालन गर्ने

न्युजलय २१ कार्तिक २०७९, सोमबार ०८:२८ मा प्रकाशित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रमाणपत्र तह शैक्षिक कार्यक्रमको पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।


परिषदबाट शैक्षिक सत्र २०७९/०८० सञ्चालन हुने प्रमाणपत्र तहका पूर्ण शुल्कीय कार्यक्रमका लागि खुलाएको सिटहरु रिक्त भएपछि कार्यलयले प्रवेश परीक्षा पुनः लिने भएको हो ।


यसअघि पनि कार्यलयले साउन २१ र भदौ २२ गते प्रवेश परीक्षाको लागि आवेदन खुलाएको थियो । कार्यलयले डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा र नर्सिङ बाहेकका स्वास्थ्य तर्फका कार्यक्रमहरुमा पूर्ण शुल्कीयतर्फ प्रवेश परीक्षा सञ्चालन गर्न सीटीईभीटीले आवेदन माग गरेको छ ।


इच्छुक विद्यार्थीले कात्तिक २७ गते आईतबारभित्र आवेदन दिन सक्ने कार्यलयले जनाएको छ ।


त्यस्तैगरी शैक्षिक सत्र २०७९/८० मा निःशुल्क सञ्चालन गरिने प्रि(डिप्लोमा तहको २४ महिना अवधिकको औद्योगिक प्रशिक्षार्थी तालीममा शैक्षिक कार्यक्रम तथा कोटाहरुमा पनि पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।


कार्यलयले तोकिएको सिट पूरा नभएको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाबाट जानकारी आएकोले पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।