बढ्यो पेट्रोलियम पदार्थको मूल्य

न्युजलय ३१ कार्तिक २०८१, शनिवार १२:१७ मा प्रकाशित

इटहरी । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको शुक्रवारको बैठकले मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट शुक्रवार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।