झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

न्युजलय २० साउन २०८३, बुधबार १२:२७ मा प्रकाशित

काठमाडौँ । भारतका विभिन्न राज्यमा निरन्तरको भारी वर्षाले जनजीवन प्रभावित बनाएको छ । झारखण्डमा मंगलबार परेको चट्याङका कारण १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

सबैभन्दा बढी गिरिडीह जिल्लामा ९ जनाको मृत्यु भएको छ। त्यसपछि दुमकामा ३ र लातेहारमा २ जनाले ज्यान गुमाएका छन्।

यता, केरलमा अगस्ट १ देखि लगातार भइरहेको वर्षाका कारण हालसम्म २५ जनाको मृत्यु भएको छ भने चार जना अझै बेपत्ता रहेका छन्। निरन्तर वर्षा र बाढीका कारण हजारौँ मानिस आफ्नो घर छाड्न बाध्य भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।