नेपालले आज जिम्बाब्वे ए सँग तेस्रो एक दिवसीय खेल्दै

न्युजलय २६ बैशाख २०७९, सोमबार ०२:१५ मा प्रकाशित

काठमाडौं । नेपालले आज जिम्बाब्वे एसँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ ।


आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा रहेको छ । यसअघि नेपाल एक खेलमा विजयी र एक खेलमा पराजित भएको थियो । पहिले नेपालले जिम्बाब्वे ए लाई ९ विकेटले हराएको थियो भने शुक्रबार भएको खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।


आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने एक दिवसीय श्रृङ्खलाको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे एसँग श्रृङ्खला खेलिरहेको हो। एक दिवसीयअघि भएको तीन खेलको टी–२० श्रृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।