धरान । आइतबार (आज) दिउँसो भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर खसेको छ ।
प्याराग्लाडीङमा सवार धरान–१ निवासी ४८ वर्षीय रोशन अधिकारी रहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।
घाइते अधिकारी धरान–१ का वडाध्यक्ष हुन् । प्यारग्लाडीङ उडिरहेको बेलामा एक्कासि मौसममा खराबी आएको र हावा हुरी सँगै पानी परेकोले धरानमा अवतरण गर्न नसकेर उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच नजिकैको सप्तकोसी नदीको किनारामा प्याराग्लाडीङ खसेको थियो ।
प्याराग्लाडीङमा सवार अधिकारीको उद्धार गरी अहिले उपचारको लागि बीपी प्रतिष्ठान धरान लगिएको छ । उनको ढाडमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।