बढ्यो सुनको मूल्य

न्युजलय ७ असोज २०७९, शुक्रबार ०५:३१ मा प्रकाशित

काठमाडौँ । शुक्रबार(आज) सुनको मूल्य  बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले बढेको हो।

जसअनुसार छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। 

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।