घट्यो सुनचाँदीको मूल्य

न्युजलय १७ जेठ २०७९, मङ्गलबार ११:२४ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुनचाँदीको मूल्य घटेको छ । 

महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । त्यसअघि, लगातार दोस्रो दिन सुनको मूल्य स्थिर थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।

हिजो सोमबार तोलामा १२ सय ८५ रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको मूल्य आज १२ सय ७० रुपैयाँ छ ।