काठमाडौँ । गायक रामचन्द्र काफ्ले र अनु चौधरीको नयाँ गीत ‘ओइ सुवा, ओइ बाज’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त गीतका गीतकार मंगल जयगडी रहेका छन् भने यसका संगीतकार राजेश कैदी रहेका छन् ।
यस गीतमा संगीत व्यवस्थापन संगीतकार शिशिर साधकले गरेका छन् । म्युजिक भिडियोमा पार्श्व संगीत किरण तुलाधरले दिएका छन् ।
मिलन शंकरद्वारा छायांकन गरिएको म्युजिक भिडियोको सम्पादन नहकुल खड्काले गरेका छन् ।
वरिष्ठ निर्देशक विभोर पोखरेलद्वारा निर्देिशत यस गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापाका साथै रिमा विश्वकर्मा, विवेक पौडेल, निकेन महर्जन तथा नवोदित चरित्र अभिनेता मीरेश अधिकारीको अभिनय छ ।