काठमाडौँ। बुधबार नेप्से ४.७९ अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ।
सेयरबजारमा बुधबार ३५० कम्पनीको ६१ हजार २८६ पटकको कारोबारमा एक करोड ६७ हजार ७३२ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार चार अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज १२२ कम्पनीका सेयरमूल्य बढे। १४३ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ११ कम्पनीका सेयरमूल्य स्थिर रहे।