झापा । उत्तरी झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार भएको दुर्घटनामा मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।
मिनीट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।