नेप्से १४.०५ अंकले घट्यो

न्युजलय ६ असार २०८०, बुधबार ०९:०४ मा प्रकाशित

काठमाडौँ । बुधबार(आज) सेयर बजार ओर्लेर २०५० अंकमा कायम भएको छ । 

अघिल्लो दिनको तुलनामा आज १४.०५ अंकले घटेर नेप्से २०५० अंकमा अडिएको हो । आज कारोबार रकम पनि घटेको छ । हिजो कुल ४ अर्ब ११ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा आज ३ अर्ब ४९ करोडमा खुम्चिएको छ ।

४५ कम्पनीको मात्रै मूल्य बढ्दा १७८ को घट्यो भने २ को स्थिर रह्यो । बैंकिङ १०, विकास बैंक ५२, फाइनान्स २८, जलविद्युत् ४१, माइक्रोफाइनान्स ४० र अन्य ७ अंक घटे । होटल तथा पर्यटन २३९, जीवन बीमा ११ र उत्पादन उपसमूह १५ र व्यापार उपसमूह २ अंक बढे ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल र नागरिक लगानी कोष क्रमशः अगाडि रहे ।