काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी संस्करणका थप दुई नयाँ गीत सार्वजनिक भएका छन् ।
हिन्दी संस्करणको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा पलक मुछाल र अंकित तिवारीको स्वर छ । कुमारको शब्द रचना र असलम केयीको संगीत छ ।
नेपाली संस्करणको ‘हर युग होस्’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, राजेश श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ । हिन्दी र नेपाली दुवै गीतको भिडियो एउटै छ ।
दुवै रोमान्टिक गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । फिल्म असोज ७ गते प्रदर्शनको तयारीमा रहेको छ ।