सुनचाँदीको मूल्यमा गिरावट

न्युजलय २८ कार्तिक २०७९, सोमबार ०४:५० मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रूपैयाँले घट्दै ९७ हजार २ सय रूपैयाँमा झरेको छ । 

यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले घट्दै एक हजार २९५ रूपैयाँमा झरेको छ ।