१४ कार्तिक, २०८२ - शुक्रवारको राशिफल

न्युजलय १५ कार्तिक २०८२, शुक्रबार १२:५४ मा प्रकाशित

मेष l व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ पाइनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। अधिकार स्थापित गर्न संघर्ष गर्नुपर्ला। शुभ रंग: हरियो | शुभ अंक: ३


वृष l व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। सवारीसाधनमा खर्च बढ्न सक्छ। छरछिमेकीसँगको वादविवाद समाधान हुनेछ। शुभ रंग: गुलाबी | शुभ अंक: ७


मिथुन l मानसिक र शारीरिक शक्ति सबल रहनेछ। पदस्थ व्यक्तिको सहयोग पाइनेछ। व्यापारमा पारदर्शिता राख्नुहोस्। नयाँ कार्यमा लाग्ने अवसर मिल्नेछ। शुभ रंग: खैरो | शुभ अंक: ३


कर्कट l आध्यात्मिक भावना जागृत हुनेछ। जीवनसाथीको स्वास्थ्यमा चिन्ता रहन सक्छ। शुभचिन्तकहरूको साथ मिल्नेछ। शुभ रंग: सुन्तला | शुभ अंक: ६


सिंह l रोकिएका काम बन्नेछन्। अध्ययन र सृजनात्मक क्षेत्रमा प्रगति हुनेछ। पिताको सहयोग पाइनेछ। जीवनसाथीको स्वास्थ्यमा समस्या हुन सक्छ। शुभ रंग: केशरी | शुभ अंक: ९


कन्या l आफन्तहरूसँग रमाइलो जमघट हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। रचनात्मक कार्यमा रुचि बढ्नेछ। नयाँ अवसरहरू आउन सक्छन्। शुभ रंग: निलो | शुभ अंक: २


तुला l साथीहरूको सहयोगले कार्य बन्नेछ। आफ्नो क्षेत्रमा प्रभाव बढाउन सकिनेछ। स्वास्थ्य र वाहनमा सावधानी अपनाउनुहोस्। निर्णयका बेला दुविधा उत्पन्न हुन सक्छ। शुभ रंग: निलो | शुभ अंक: ५


वृश्चिक l भाग्यको साथले नयाँ अवसर मिल्नेछ। विपरीत परिस्थितिमा विवेक प्रयोग गर्नुहोस्। स्वास्थ्यमा सावधानी अपनाउनुहोस्। यात्रा सुखद हुनेछ। शुभ रंग: कलेजी | शुभ अंक: १


धनु l धैर्य र पराक्रमले सफलता मिल्नेछ। भविष्यका लागि नयाँ कार्यको जग बसाउने अवसर मिल्नेछ। मेहनतको फल प्राप्त हुनेछ। शुभ रंग: निलो | शुभ अंक: ८


मकर l कार्यक्षेत्रमा जोश बढ्नेछ। प्राथमिकता अनुसार काम गर्नुहोस्। मानसिक थकान हुन सक्छ। सम्बन्धमा आत्मीयता बढ्नेछ। शुभ रंग: केशरी | शुभ अंक: ८


कुम्भ l आफ्नो विचार प्रभावकारी रूपमा राख्न कठिनाइ हुन सक्छ। पुरानो कार्यलाई निरन्तरता दिनुहोस्। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोस्। शुभ रंग: हरियो | शुभ अंक: ५


मीन l पुराना विषयमा पारिवारिक मनमुटाव रहन सक्छ। युवामा नयाँ प्रेम प्रसंग सुरु हुन सक्छ। जिम्मेवारी पूरा गर्नुहोस्। शुभ रंग: निलो | शुभ अंक: ९


- हाम्रोपात्रो