काठमाडौं । नेपालले आज केन्यासँग पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल खेल्दैछ।
केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्ने लागेको हो।
पाँच खेलको टी–२० शृंखलाका लागि केन्या पुगेको नेपाली टोली आज सुखद सुरुआतको योजनामा हुनेछ।
यो खेल राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो।
नेपाल र केन्याबीच पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन लागेको हो । नेपाल र केन्या झण्डै एक दशकपछि पहिलो पटक खेल्न लागेका हुन् । नेपालले अफ्रिकन राष्ट्र केन्या भ्रमण गरेको पनि यो पहिलो पटक हो।