ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका दुई जना पक्राउ

न्युजलय २८ साउन २०८१, सोमबार १२:२७ मा प्रकाशित

काठमाडौं । ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१८ बस्ने संखुवासभा खादवारी नगरपालिका–५ भोटेबास घर भएका २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा रहेका छन् ।

काठमाडौं महानगरपालिका–२५ उग्रतारा मन्दिर अगाडि रूकुम पूर्व सिस्ने गाउँपालिका– ५ ठेगाना भएका २४ वर्षीय पुरूषलाई शुक्रबार राति खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।