विश्वकप फुटबलमा आज चार खेल हुँदै

न्युजलय १३ मङ्सिर २०७९, मङ्गलबार ०१:५९ मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत मंगलबार चार खेल हुँदैछ।


मंगलबार समूह चरण अन्तर्गतको अन्तिम चरणका खेल हुन लागेको हो। समूह ‘ए’ र र ‘बी’ का दुई–दुई खेल हुनेछ।


समूह ‘ए’ मा रहेका इक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ। 


समूह ‘बी’ मा रहेका इरान र अमेरिका तथा वेल्स र इंग्ल्याण्डबीच खेल हुँदैछ। यी खेल राति पौने १२ बजे सुरु हुनेछ मा हुनेछ । 


यी चारै खेलबाट अन्तिम १६ मा पुग्ने राष्ट्रको टुंगो लाग्नेछ।