इटहरी । सुनसरीको बुढी खोलाको बाढीले सतर्कताको तह पार गरेको छ । बाढी अझै बढ्दो क्रममा रहेकाले आज दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार कोशी बेसिनको चतरा क्षेत्रमा गत २४ घण्टामा १७३.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी झापाको अनारमनीविर्तास्थित कन्काइ नदीमा पनि गत २४ घण्टामा १३९.४ मिलिमिटर वर्षा मापन भएको छ ।
आज ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर र ती जिल्ला आसपास भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिमसमेत रहेकाले सतर्क रहन पनि मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।