राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा दुई वर्षीया बालिका मृत फेला परेकी छिन् ।
स्थानीय मोहम्मद इरफानकी छोरी खुसी खातुन आइतबार बिहान अचानक घरबाट हराएकी थिइन् । बालिका हराएको जानकारी पाएलगत्तै परिवारजन प्रहरीमा पुगेका थिए।
प्रहरी र परिवारजनले खोजतलास गर्ने क्रममा उनी आफ्नै घरको पछाडिपट्टि रहेको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे आवश्यक अनुसन्धान तथा छानबिन अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।