पाकिस्तानमा अमेरिकी दूतावासबाहिर गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

न्युजलय १७ फाल्गुण २०८२, आइतबार ०७:५२ मा प्रकाशित

काठमाडौँ । पाकिस्तानमा अमेरिकी दूतावासबाहिर गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

अमेरिका र इजरायलको हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको विरोधमा आक्रोशित भिडले पाकिस्तानस्थित अमेरिकी दूतावासमा तोडफोड गरेको थियो । 

त्यस क्रममा मृत्यु हुनेको संख्या १० जनाभन्दा धेरै पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।