काठमाडौं । मादक पदार्थ सेवन गरेका छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।
बाबुको हत्या आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका–५ दलजितपुरका २८ वर्षीय सन्तोष केसीलाई पक्राउ गरेको छ।
सन्तोषले आफ्ना ५१ वर्षीष बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मदिरा सेवन गरेर मात्तिएका सन्तोषले बाबु प्रेमबहादुरमाथि निर्धात कुटपिट गरेका थिए। छोराको कुटपिटबाट गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाबुमाथि कुटपिट गर्ने सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सन्तोषमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।