काठमाडौं । फिल्म ‘जय हो’मा समावेश ‘राजारानी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा फिल्मका दुई मुख्य कलाकारहरू अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेत प्रस्तुत छन् । सागर आले मगर र सदीक्षा कट्टेलको स्वर रहेको गीतमा केकी र सलोन रोमान्टिक देखिएका छन् ।
शोभित बस्नेतको प्रस्तुति रहेको ‘जय हो’ फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।
फिल्ममा केकी र सलोनसँगै अर्पण थापा, निशा अधिकारी माओत्से गुरुङ लगायतका कलाकारहरू शीर्ष भूमिकामा छन् ।
फिल्मको निर्माता सुरज सरकार र राज के। अधिकारी हुन् । फिल्म भदौको ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।