घट्यो नेप्से

न्युजलय १७ मङ्सिर २०८२, मङ्गलबार ०४:०७ मा प्रकाशित

काठमाडौं । मंगलबार नेप्से पसिुचक सामान्य अंकले घटेको छ । नेप्से परिसुचक आज ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ ।

सोमबार ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा आज कुल ३२४ स्टकको ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख १० हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।