खानेपानीमन्त्री यादवले पनि दिए राजीनामा​​

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०६:०३ मा प्रकाशित

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् ।

 ​उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिएका हुन् ।​

जेनजीहरूको आन्दोलनको समर्थन तथा सरकारको दमनको विरोध स्वरूप मन्त्री पदबाट राजीनामा दिएको उनले जानकारी दिएका छन् ।