टी–२० विश्वकप छनोटमा कुवेतविरुद्ध नेपालको जित

न्युजलय २३ असोज २०८२, बिहिबार ०६:१८ मा प्रकाशित

काठमाडौँ । आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराएको हो। 

ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। १४२ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भएको हो। 

नेपालका लागि बलिङतर्फ, कप्तान रोहित पौडेल र सन्दीप लामिछाने र ललित राजवंशीले समान २(२ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले १–१ विकेट लिए। 

यो जितसँगै नेपालले सुपर सिक्समा आफ्नो स्थान पक्का गरेको छ। नेपालले समूह चरणको दोस्रो खेल अक्टोबर १० मा जापानसँग खेल्नेछ।