झापा । झापाको बिर्तामोडमा फागुन ५ गतेदेखि अन्तर्राष्ट्रि औद्योगिक ब्यपार महोत्सव हुनेभएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव फागुन १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
वीरता जेसीजले मंगलबार अन्तरक्रिया कार्यक्रम गरी महोत्सव सफलताको सुझाव लिएको छ । त्यसमा जेसिजको तर्फबाट पनि आवश्यक सबै सहयोग गर्ने पदाधिकारीहरुले बताएका छन् । वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले महोत्सव सफल पार्न सबैको जिम्मेवारी भएको बताएका थिए ।
महोत्सव मुल आयोजक समितिका संयोजक राजु न्याौपानेले महोत्सव सफल पार्नु सबैको जिम्मेवारी र दायित्व भएकाले सबै पक्ष एकजुट भएर लाग्न आग्रह गरे ।