विराटनगर । मोरङको रंगेली नगरपालिका–८ दर्वेसामा शुक्रबार(आज) बिहान ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
भित्री सडकखण्ड हुँदै पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ त ५४९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्री रंगेली–८ का ६८ वर्षीय नारायण राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । ट्याक्टर चालक मोरङको धनपालथान गाउँपालिका–४ का अन्दाजी २६ वर्षीय अजय चौधरी फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र सहचालक रंगेली–२ का अन्दाजी ३६ वर्षीय मोहमद अमिरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।