काठमाडौं । नेपाल सोमबार आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियासँग ४० रनले पराजित भएको छ । सुरुवाती ब्याटिङ थालेको नामिबियाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रन बनाएको हो ।
२२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा १८० रन बनाउँदा सबै विकेट गुमायो । जितसँगै नामिबिया अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपाल भने एक स्थान तल खस्किएको छ । नामिबिया १६ खेलबाट १६ अंक जोडेको छ । समान खेलबाट १५ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ ।
२२१ रनको लक्ष्य पछ्याएको नेपालका लागि आरिफ शेखले सबैभन्दा धेरै अविजित ५० रन बनाए । देव खनालले ३४ रन बनाए । ओपनर कुशल भुर्तेलले २७ रन बनाए । करण केसीले १९ रन जोडे । आसिफ शेखले १४ रन बनाए । सोमपाल कामी र आदिल अन्सारीले समान १० रन बनाए ।