धरानको बजेट १ अर्ब ८९ करोड

न्युजलय ७ साउन २०८१, सोमबार ११:५४ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ का लागि १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार दुई सय ८० रुपैयाँ बराबरको बजेट ल्याएको छ।

मेयर हर्क साम्पाङ र अरु सबै जनप्रतिनिधिबीच कुरा नमिल्दा यसअघि दुई पटकसम्म बजेट ल्याउन सकिएको थिएन। आइतबार साँझ बसेको १५ औं नगरसभाले धरानको बजेट सार्वजनिक गरेको हो।

स्थानीय तहहरुले असार १० भित्र बजेट तथा नीति कार्यक्रम ल्याइसक्ने व्यवस्था छ। यद्यपि धरानमा बिबाद हुँदा बजेट ढिला गरी आएको हो।

गत वर्षको कुल बजेट १ अर्ब ७२ करोड ५३ लाख ८३ हजार थियो।

उपमेयर अइन्द्रविक्रम बेघाका अनुसार धरानले पूर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि र विपद व्यवस्थापनलाई मुख्य प्राथमिकता दिएको छ।