मेस्सीको गोलमा पिएसजीको जित

न्युजलय ३ असोज २०७९, सोमबार ०२:२८ मा प्रकाशित

काठमाडौं । फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । पिएसजी घरेलु टोली लियोनविरुद्व १–० ले विजयी भएको हो । 


पार्क ओलम्पिक लियोनाइस (ग्रुपमा स्टेडियम) मा लियोनल मेस्सीले गरेको एक मात्र गोल पिएसजीलाई जित दिलाउन निर्णायक बन्यो ।


उनले खेलको पाँचौँ मिनेटमा नेयमारको पासलाई सदुपयोग गरेका थिए । 

 

यो जितसँगै ८ खेलमा २२ अंकका साथ पिएसजी शीर्ष स्थानमा उक्लिँदा पराजित लियोन समान खेलबाट १३ अंकका साथ छैटौं स्थानमा छ ।