मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई ५–० ले हरायो

न्युजलय ३१ कार्तिक २०७९, बिहिबार ०२:१५ मा प्रकाशित

काठमाडौं । फिफा विश्वकप अघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईलाई हराएको छ ।


गएराति भएको खेलमा घरेलु टोली यूएई ५–० गोलको फराकिलो अन्तरले पराजित भयो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरे ।


जुलियन अल्भारेज, लियोनल मेस्सी र जोआकिन कोर्रेयाले एकरएक गोल गरे ।


अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो । दोस्रो हाफमा एक गोल थपेको हो ।