बुढीगंगामा लहरी घरमाथि पल्टियो, घरभित्र चार जना च्यापिएको आशंका, उद्धार जारी

न्युजलय ११ फाल्गुण २०८०, शुक्रबार ०९:५८ मा प्रकाशित

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा एउटा लहरी दुर्घटनामा परेको छ । एउटा घरमाथि लहरी पल्टिँदा घरभित्र रहेका चार जना च्यापिएको बताइएको छ ।


बुढीगंगाको जेएनजे मार्वल उद्योगका लागि मार्बल बोकेर आउँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी आज विहान सात बजे पल्टिएर दुर्घटना भएको हो ।


मार्बल बोकेको लहरी गाडी मा कच्चा पदार्थ बोकेर लगिएको बुझिएको छ । प्रहरीले घरभित्र चार जना रहेको भन्ने सुचना पाएपनि यकिन नभएको जनाएको छ । लहरी हटाएर उनीहरुको उद्धार गर्ने कार्य भइरहेको छ ।