धरान । धरानका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् । त्यसको ठाउँमा उनले किराँती राजा ‘यलम्बर’को फोटो राखेका छन् ।
बिहीबार उनले तस्वीर फेरेका हुन् । बुधबार नै उनले यो कुराको घोषणा गरेका थिए । केन्द्रले धरानलाई वेवास्ता गरेको भन्दै उनले यसो गरेका हुन् ।
उनले केही समयअघि राजा नै चाहिएको भए आफू यलम्बरको सन्तती भएको भन्दै स्टाटस लेखेका थिए ।