इटहरी । इटहरीमा मुख्य कार्यालय रहेको इन्टरनेशनल ब्युटिसियन एकेडेमीले विद्यार्थीहरुसँग तीज मनाउने भएको छ ।
८ वटा शाखाका तीन सय बढी विद्यार्थी, पुर्व विद्यार्थीहरुसहितको सहभागितामा भदौ १६ गते आइतबार तीज मनाउने भएको हो । कार्यक्रममा शुभकामना आदानप्रदानका साथै मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम गरीने संस्थाकी सञ्चालक निरम बस्नेतले जानकारी दिइन् ।
महिलाहरुका साथै पुरुषहरुलाई ब्युटिसियन तालिम तथा सेवा दिँदै आएको संस्थाले महिला दिदीबहिनीहरुसँग खुसीयाली साटासाट गर्न लागेको उनले बताइन् । संस्थाको विराटनगर, विराटचोक, पथरी, दमक, धरान, इनरुवा र गाईघाटमा शाखा सञ्चालनमा छन् ।