खोटाङमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

न्युजलय २७ असोज २०८२, सोमबार ११:५३ मा प्रकाशित

खोटाङ । खोटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटेहाङ गाउँपालिका–४ बडकादियालेका २६ वर्षीय प्रदीप बस्नेत रहेका छन् ।

रोक्सिङ भन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उनको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उक्त मोटरसाइकल झलनाथ विश्वकर्माले चलाइरहेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।