सुनसरी । सप्तकोशी नदीमा पानीको वहाव बढेको छ ।
आइतबार बिहान ७ बजेर ३० मिनेटमा कोशी कन्ट्रोल कक्षले गरेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४२ हजार ५ सय २० क्युसेक छ ।
कोशी व्यारेजको ५६ ढोकामध्ये अहिले ४६ ढोका खुला गरिएको छ । पानीको वहान निरन्तर वढ्न थालेपछि कोशीको पुलमा रातो वत्ति बालिएको छ भने खतरको संकेत गर्दै रातो झण्डा समेत रारिखएको छ ।
कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भएसगै कोशी आसपासका क्षेत्रका वासिन्दालाइ सर्तक रहन स्थानिय प्रशासनले आग्रह समेत गरेको छ ।