सिघिया खोलामा बेपत्ता युवकको शव फेला

न्युजलय १८ कार्तिक २०८२, सोमबार ०१:३२ मा प्रकाशित

 विराटनगर । विराटनगर–१४ विष्णुटोल नजिक सिघिया खोलामा एक पुरुषको शव फेला परेको छ।

शनिबारदेखि हराइरहेका ३० वर्षीय श्रवणकुमार मण्डलको शव सोमबार बिहान खोलामा भेटिएको प्रहरीले जनाएको छ। 

मण्डल सिघिया खोलामा हराएको भन्दै परिवारले खोजी गरिरहेको थियो।

घटनास्थलमा मोरङ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली खटिएको छ । घटनाको अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।

पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल शवलाई ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।