इटहरीमा ४ जना सहित प्रदेश १ मा ९५ जनामा कोरोना सङ्क्रमण

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०४:५२ मा प्रकाशित

विराटनगर । इटहरीमा ४ जनासहित प्रदेश १ मा ९५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०, मोरङमा ३८, झापामा १७,  इलाममा २, सङ्खुवासभा र उदयपुरमा १–१ जनामा सङ्क्रमण भएको हो ।

सुनसरीको इटहरीमा ४ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।