काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्दा ६ जनाको मृत्यु

न्युजलय २८ माघ २०८२, मङ्गलबार ०५:३६ मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । 

काठमाडौंबाट छुटेको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोशीमा खस्दा ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक सुभाशचन्द्र मण्डलले जानकारी दिए ।

उनका अनुसार सात जनाको उद्धार गरिएको छ । उद्धार कार्य जारी रहेको उनले बताए ।

स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको उनको भनाइ छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।