काठमाडौँ । शुक्रबार(आज) सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार हुने भएको हो ।
यस्तै आज तेजावी सुनको भाउ ९६ हजार ७०० रुपैयाँ रहेको छ । चाँदीको भाउ भने एकैपटक आज प्रतितोला २५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
बिहीबार प्रतितोला एक हजार २३५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार २१० रुपैयाँमा झरेको हो ।