इजेन्सी । कोन्मेबोल–यूईएफए कप अफ च्याम्पियन्स–फाइनालिजिमा अन्तर्गतको बुधबार राति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई ३–० गोल अन्तरले हराएको छ । शानदार जित हात पारेको छ ।
अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको २८ औं मिनेटमा लियोनेल मेस्सीले उपलब्ध गराएको राम्रो अवसरमा लाउरेटो मार्टिनेजले गोल गरे।
त्यस्तै त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डि मारियाले शानदार गोल गरे। खेलको इन्ज्युरी समयमा मेस्सीको पासको सदुपयोग गर्दै पाउलो डिबेलाले अर्को गोल थपे। इटालीले भने खेलमा कुनै गोल गर्न सकेन ।
अर्जेन्टिना सन् २०१९ को जुनयता ३२ खेलमा अपराजित छ। यो क्रममा उसले कोपा अमेरिकाले उपाधि जितिसकेको छ भने कतार विश्वकपको लागि पनि छनोट भएको छ।