माया को भुल-भुलैयामा, भुल्न सकिन म तिमीलाई
किन बिछोड बनायो मलाई, मैले त तिमीलाई
आफ्नो सर्वस्वः सुम्पिए, तर आज तिमीले
मलाई एक्लो किन बनायो ।
यो मायाको आवेगलाई कसरी थाम्न सकुम म
तिमी नभए यो संसार बिरानो लागिरहेछ ।
मैले तिमीसँग केही त मागिन् केवल एउटा
प्रेमको माया मात्र खोजे थे अरू केही होइन ।
यो माया को मुटुलाई मैले कसरी सम्झाउ
खल–खल बगेको यो आंशुलाई म यस
संसारमा कसरी लुकाऊ ।
जति लुकाऊन चाहे पनि
झन भक्कानिए र आउँछ मेरो मन मस्तिष्क
यो मायाको बेगलाई कसरी थाम्न सकुम म
कसरी थाम्न सकुम ।
यो माया को भुल–भुलैया बाट जति निस्कन चाहेपनि निस्कन सकिन म
निस्कन सकिन म
मायाको भुल–भुलैयामा भुल्न सकिन म तिमीलाई
भुल्न सकिन म ।।
–संजय रौनियार
रामधुनी १ झुम्का